सहकारी ठगी प्रकरणमा ठूलो मोड — प्रभु समूहका संस्थापक देवीप्रकाश भट्टचन जमानीमा छुटे

बैंक/वित्त

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व सांसद तथा प्रभु समूहका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनलाई सरकारी वकिलको कार्यालयले जमानी हाजिरीमा राख्ने निर्णय गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार थप अनुसन्धानका लागि अदालतसँग आठ दिनको समय माग गरेको थियो, तर सरकारी वकिलले हिरासतमा राख्नु नपर्ने निर्णय गर्दै भट्टचनलाई जमानी हाजिरीमा राख्ने आदेश दिएको हो।

सीआईबीले भट्टचनलाई गत कार्तिक ११ गते ललितपुरबाट पक्राउ गरेको थियो। पक्राउपछि अदालतले पहिलो पटक पाँच दिन, दोस्रो पटक दुई दिन, तेस्रो पटक पनि दुई दिन र चौथो पटक पाँच दिनको म्याद थप गरेको थियो।

चौथो पटक थपिएको म्याद मंगलबार सकिएपछि सीआईबीले थप आठ दिनको म्याद माग गर्दै भट्टचनलाई पुनः अदालतमा पेस गरेको थियो।