काठमाडौं – नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई आफ्नो नयाँ प्रवक्ता नियुक्त गरेको छ। यो निर्णय २०८२ साल कार्तिक १९ गतेदेखि लागू हुनेछ।
वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन, भुक्तानी प्रणाली, विदेशी विनिमय व्यवस्थापन, र बैंक सुपरिवेक्षण विभागलगायतका महत्त्वपूर्ण शाखाहरूमा काम गरेको अनुभव राख्छन्।
हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्।

