“कारागारबाट सिंहदरबार – रवि लामिछाने आयोगको कठघरामा”

Headlines राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ।

जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको घटनाबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइएको हो।

आयोगले सिंहदरबारमै लामिछानेसँग विस्तृत सोधपुछ गर्ने तयारी गरेको छ। यसअघि आयोगका प्रतिनिधिहरू नख्खु कारागार पुगेका थिए, जहाँ उनले वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक छलफल पनि गरेका थिए। आयोगले कारागारका जेलरलाई समेत बोलाएर बयान लिइसकेको छ।

File Photo