“Bye Bye Nabil, Hello from NIC Asia: सुजित शाक्य बने एनआईसी एशियाका CEO”

बैंक/वित्त

काठमाडौं – नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) सुजित शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) मा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

शाक्यले आफ्नो बैंकिङ यात्रा नेपाल श्रीलंका मर्चेन्ट बैंकमा इन्टर्नका रूपमा सुरु गरेका थिए। त्यसपछि उनले हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया, मर्जरपछि बनेको एनआईसी बैंक, हालको एनआईसी एशिया बैंक र सिभिल बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।

बैंकिङ क्षेत्रको दुई दशकभन्दा बढी अनुभव बोकेका शाक्यलाई एनआईसी एशिया बैंकले नेतृत्व सुम्पिएको हो। बैंकले उनको रणनीतिक सोच र व्यवस्थापकीय दक्षताबाट संस्थालाई अझ मजबुत र प्रतिस्पर्धी बनाउने अपेक्षा गरेको छ।

उनी चार वर्षको कार्यकालका लागि नियुक्त भएका हुन् र अबको ३० दिनभित्र सीईओको रूपमा औपचारिक कार्यभार ग्रहण गर्नेछन्।