शनिबार पनि खुला रहनेछ राष्ट्र बैंकको RTGS सेवा

बैंक/वित्त

काठमाडौँ – नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणाली सञ्चालन हुने जनाएको छ।

शुक्रबार जारी गरिएको सूचनामा बैंकले शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म RTGS सेवा उपलब्ध हुने उल्लेख गरेको छ।

सामान्यतया, यो सेवा हप्ताको अन्य दिनहरूमा कार्यालय समय अर्थात् बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुला रहने गर्छ।

RTGS-Notice_82.07.15 (1)