अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो

आर्थिक

चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।

विभागका अनुसार आव २०८२÷८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।

गत आव २०८१÷८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।

विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको छ ।