South China Sea मा अमेरिकी सेनाका हेलिकप्टर र युद्धक विमान दुर्घटनाग्रस्त

Sticky News अन्तराष्ट्रिय

एजेन्सी – South China Sea (दक्षिण चीन सागरमा) अमेरिकी नौसेनाका एक हेलिकप्टर र F/A-१८F Super Hornet fighter jet युद्धक विमान अलग–अलग घटनामा दुर्घटनाग्रस्त भएका छन्। यी दुवै दुर्घटना अक्टोबर २६ को दिउँसो भएका हुन्।

अमेरिकी पैसिफिक फ्लीटका अनुसार स्थानीय समयानुसार दिउँसो करिब २:४५ बजे ‘ब्याटल क्याट्स’ MH-६०R Sea Hawk helicopter नियमित प्रशिक्षणका क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको हो।

साथै ३:१५ बजे F/A-१८F Super Hornet fighter ‘Fighting Redcocks’ of Strike Fighter Squadron (VFA) २२ पनि नियमित उडानमा रहेका बेला दक्षिण चीन सागरमै खसेको बयानमा उल्लेख गरिएको छ।

दुवै दुर्घटनामा संलग्न पाँचैजनालाई अधिकारी तथा क्रूमेम्बरहरु लाई छिटो उद्धार गरिएको तथा सबै सुरक्षित अवस्थामा रहेको अमेरिकी नौसेनाले जनाएको छ।

दुर्घटनाका कारणबारे भने अझै छानबिन भइरहेको र मौसम, प्राविधिक समस्या वा विशेष मिशनसम्बन्धी अन्य विवरण सार्वजनिक हाल सम्म अमेरिकी प्रशासनले गरेको छैन |
दुवै उडानहरू हाल इन्डो–प्यासिफिक क्षेत्रमा तैनाथ अमेरिकी सेनाको सबैभन्दा पुरानो सक्रिय एअरक्राफ्ट क्यारेयर USS Nimitzबाट सञ्चालन भएका थिए।

यो घटना चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरमा बढ्दो तनावको पृष्ठभूमिमा भएको छ |