अर्गानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका तिमिल्सेना

समाज

बाजुराको बडीमालिका नगरपालिका ९ का शिवलाल तिमिल्सेनाले यतिबेला सदरमुकाम मार्तडीमा अर्गानिक बस्तुको बिक्रीबाट सफल उद्यमी व्यवसायीको परिचय दिँदै आएका छन् ।

४० बर्षसम्म शिक्षक पेशा अगाँलेका उनले शिक्षक पेशाबाट सेवा निवृत भए पश्चात् मार्तडीमा आफ्नै अर्गानिक बस्तुको संकलन तथा बिक्रिवितरण केन्द्र ‘तिमिल्सेना अर्गानिक किराना पसल’ स्थापना गरि सञ्चालनमा ल्याएका छन् ।

वि.सं.२०४० साल चैत्र ८ गतेबाट शिक्षक पेशा अगाँलेका उनले  ४० बर्षको अवधिसम्म शिक्षक पेशाबाट ठुलो अनुभव बटुलि अहिले स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न बालीहरुको संकलन गरेर राम्रो व्यवसाय गर्दै आएका छन् । चोयाकोट माविमा १३ बर्ष र मालिका नमुना माविमा २७ वर्षसम्म उनले शिक्षण गरेका थिए ।

मानिसको लागि पेशा व्यवसाय कुनै पनि सानो ठुलो हुँदैन भन्ने उदाहरण उनले दिएका छन् । अर्गानिक बस्तु संकलन तथा बिक्रीबाट तिमिल्सेनाले सफल उद्यमी व्यवसायको परिचय दिएका हुन् । उनको बिक्री केन्द्रमा स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न तथा दलहन बाली संकलन तथा बिक्री गर्ने गरिएको छ ।

शिक्षक पेशाबाट निवृत्त भएपश्चात्  गाउँमै अझै केही गर्नुपर्छ भन्ने उदेश्यका साथ मार्तडीमा रैथानेबाली सङ्कलन गरेर बिक्री गर्दै आएको व्यवसायी तिमिल्सेनाले बताए । केही नयाँ र यहाँको रैथानेबालीको संरक्षण,प्रबद्र्धन गर्नुपर्छ भन्ने चाहनाका साथ आफूले ‘तिमिल्सेना अर्गानिक किराना पसल’ स्थापना गरेको बताए ।

आफूले स्थापना गरेको तिमिल्सेना अर्गानिक किराना पशलमा अर्गानिक रैथाने बालीनालीको संकलन र बिक्रीवितरण गर्ने गरिएको तिमिल्सेना बताए । आफूले यो भन्दा अगाडी सामान्य दैनिक उपभोग्य सामानको व्यापार गर्दै आएकोमा अहिले शिक्षक पेशाबाट निवृत्त भएपश्चात्  यो व्यवसाय अगाँलेको बताएका छन् ।

गाउँकै अर्गानिक बालीनालीको संकलन गरेर बिक्री तथा संरक्षण, प्रबद्र्धन गर्ने,स्थानीयको उत्पादन रैथानेबाली गाउँमै सिमित नभई देशका ठुल्ठुला शरहसम्म पुर्याउन उनको अर्गानिक बस्तु संकलन तथा बिक्री केन्द्रले ठुलो सहयोग गरेको छ । अहिले तिमिल्सेनाको अर्गानिक किराना पशलबाट अर्गानिक बस्तु काठमाडौं,नेपालगन्ज,पोखरा त्यस्तै ईण्डियासम्म जाने गरेको छ ।

उनले अहिले करिब एक सय बढी स्थानीय उत्पादित रैथाने तथा खाद्यान्न बाली संकलन गरेर बिक्रीवितरण गर्दै आएका  छन्। उनले भने,‘अहिले बाजुरामा उत्पादन भएको स्थानीय अर्गानिक बस्तुहरु देशका ठुला शहरमा बेच्ने गरेको छु । अर्गानिक वस्तु बिक्रीबाट राम्रो आम्दानी हुनुका साथै राम्रो व्यवसाय भएको दिनमा एकैदिन ३० हजार बढि आम्दानी हुने गरेको छ ।’

स्थानीय सरकारले आफ्नै स्थानीय उत्पादित बस्तुहरुलाई प्रवद्र्धन तथा बजारिकरणको नीति अबलम्बन गर्न आवश्यक रहेको बताए । यसले व्यवसायी उद्यमशीलता मात्र नभई, स्थानीय रोजगारी, वातावरणीय स्थिरता र आर्थिक समृद्धिमा समेत योगदान पु¥याउन सकिने उनको भनाइ छ  ।बाजुराको अर्गानिक वस्तुहरुलाई बजारिकरण गर्न सकिएको खण्डमा स्वरोजगारका साथै देशको आर्थिक स्थितिमा टेवा पुर्याउन सकिने उनको भनाइ छ ।