‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ

राजनीति

काठमाडौं – माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूले भदौ २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा ज्यान गुमाएका सहिदहरूको सम्झनामा तस्बीरसहितको ब्यानर प्रदर्शन गर्न लागेको प्रहरीलाई थाहा पाएपछि रोकिएको हो।

प्रहरीका अनुसार अनुमति बिना सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने नियमका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।