रुकुमपश्चिमको बाफिकोटस्थित लिस्नेमा जीप दुर्घटना, ७ जनाको मृत्यु, १० जना घाइते

समाचार

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकास्थित लिस्ने भन्ने ठाउँमा बोलेरो जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

रा १ ज ४२२ नम्बरको डबल क्यावको बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अरु १० जना घाइते भएका छन । उनीहरुको उपचार जिल्ला अस्पताल रुकुम पश्चिम र सदरमुकामका अरु अस्पतालहरुमा भइरहेको छ।

जीप सडकबाट करीब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश विष्टले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

घटनाको थप विवरण आउने क्रम जारी छ ।।