काठमाडौं । कोरोना भाइरसको महामारीले एकातिर सारा विश्वलाई तहसनहस बनाएको छ । तर अर्काेतिर कोरोना भाइरसलाई आफ्नो अथक प्रयासपछि न्युजिल्याण्डले आफ्नो देशबाट पूर्ण रुपमा पराजित गरेको छ ।
कोरोनाविरुद्धको लडाई जित्ने आफ्नो लक्ष्य निर्धारित गरेर लागि परेको न्युजिल्याण्ड कोरोना भाइरसविरुद्धको लडाईमा विजयी भएको हो ।
ओकल्याण्ड विश्वविद्यालयका भ्याक्सिन विशेषज्ञ हेलेन पेटुसिस ह्यारिसका अनुसार कोरोनालाई जित्नको लागि त्यसको ट्रान्समिशन रोक्न आवश्यक छ ।

उनले ट्रान्समिशन रोकेपछि भाइरस आफैँ हराएर जाने दाबी गरेका छन् । करिव ५० लाख जनसंख्या रहेको न्युजिल्याण्डको क्षेत्रफल बेलायतको बराबर रहेको छ ।
त्यहाँकी प्रधानमन्त्री जेसिन्डा अर्डनको फैसलाका अगाडि कोरोना पराजित भएको छ । त्यहाँ मार्च अन्तिममा १०० केस देखिएका थिए । त्यसलगत्तै सरकारले लकडाउन गरेको थियो ।
जसका कारण संक्रमणलाई नियन्त्रण गर्न सक्यो । कोरोना भाइरसको प्रकोप न्युजिल्याण्डले नियमको पालना गरेरै हराएको छ ।
शुरुवाती दिनमा प्रतिदिन ९० जना पाइएको न्युजिल्याण्डमा मंगलवारसम्म ५ जनामा मात्र कोरोनाको संक्रमण रहेको छ । त्यहाँ अहिलेसम्म १३ जनाले ज्यान गुमाएका छन् ।
अर्डनले विदेशी यात्रीलाई २० मार्च देखि नै देशमा आउन प्रतिबन्ध गरिसकेको जानकारी दिएकी छन् । यदि कोहि आयो भने पनि पहिला क्वारेन्टाइनमा राख्ने गरिने उनले बताइन् ।
यसैले न्युजिल्याण्डले कोरोना माथि विजय पाएको उनले बताइन् ।
