अष्ट्रेलियामा ७.८ लाख मानिस बेरोजगार

विविध

काठमाडौं । कोरोना भाइरसको संकटका कारण विश्वका अधिकांश देशहरुले पूरा देश नै लकडाउन गरेका छन् । लकडाउनका कारण Australia मा ७.८ लाख मानिसहरु बेरोजगार भएका छन् ।

ब्यापार व्यवसाय बन्द भएपछि ७.८ लाख मानिसहरुको रोजगार बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अष्ट्रेलियाको सांख्यिकी ब्युरो (एबीएस) र अष्ट्रेलियाको ट्याक्सेसन अफिसले निकालेको एक डाटा जारी गर्दै १४ मार्चदेखि ४ अप्रिलसम्ममा देशभर ६ प्रतिशत मानिसहरु बेरोजगार भएको तथ्यांक सार्वजनिक गरेको थियो ।