काठमाडौं , जेनजी आन्दोलनका क्रममा कुटपिट भई घाइते भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुने भएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमार्फत सार्वजनिक उनी उपस्थित हुने कांग्रेस श्रोतले जनाएको छ।
बैठकका लागि पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई समेत बोलाइएको छ।
बुढानीलकण्ठस्थित देउवा निवासमा जेनजी प्रदर्शनकै क्रममा देउवा दम्पत्तिमाथि आक्रमण भएको र घरमा आगजनीसम्म भएको थियो। त्यसपछि उपचाररत देउवा हाल आफन्तको निवासमा बस्दै आएका थिए।

