आफुनिकट नेतालाई राजधानी नछाड्न प्रचण्डको निर्देशन

विविध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना निकटतम रहेका नेताहरुलाई राजधानी नछाड्नका लागि निर्देशन दिएका छन् ।

केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेसँगै प्रचण्ड निवासमा बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय गरेसँगै नेपालमा राजनीतिक माहोल तातेको छ । यसैक्रममा धेरै नेताहरुले यसबारे प्रचण्डसँग चासो राखेका थिए ।

यस विषयमा थप छलफल गरेर अगाडी बढ्नु पर्ने भन्दै अध्यक्ष प्रचण्डले आफु निकटका नेताहरुलाई राजधानी नछोडन निर्देशन दिएका हुन् ।