विश्व दृष्टि दिवसमा निःशुल्क आँखा परीक्षण शिविर

स्वास्थ्य-शिक्षा

रौतहट । विश्व दृष्टि दिवसको अवसरमा रौतहटमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ ।

नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाले जिल्ला प्रहरी कार्यालय गौरमा विहीवार निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको हो ।

शिविरमा १७८ जनाले आँखा परीक्षण गराएको शिविर कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार आँखा परीक्षण गरि चश्मा, औषधी दिइएको थियो । परीक्षण गराएकाहरु मध्ये ९३ जनालाई चश्मा, ११७ जनालाई औषधी र ८ जनाको आँखामा मोतिया विन्दु भएको पाइएको उनको भनाइ छ ।

आँखा परीक्षण गराउनमा जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरीदेखि लिएर प्रहरी अधिकृतसहित प्रहरी कर्मचारीहरु, केही सर्वसाधरणहरुले आँखाको परीक्षण गराएका हुन् ।

२६ जना महिला र १५२ जना पुरुष गरी कुल १७८ जना आँखाको परीक्षण गराएको शिविर कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।