काठमाडौँ । भारतका उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथका पिताको निधन भएको छ ।
सोमबार दिल्लीस्थित एम्स अस्पतालमा मुख्यमन्त्री योगीका पिताको निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतमा अहिले लकडाउन रहेकाले मुख्यमन्त्री योगी उत्तरप्रदेशमा कोरोनाका महामारी रोक्न व्यस्त हुनुपरेको कारण आफ्ना पिताको अन्तिम संस्कारमा पुग्न नसक्ने बताएका छन् ।

उनले आफ्नी आमालाई एक पत्र लेख्दै २१ अप्रिलमा हुने अन्तिम संस्कारमा कम भन्दा कम मानिसको सहभागितामा गर्न आग्रह गरेका छन् ।
उनले लकडाउन सकिएपछि आफु आमालाई भेट्न जाने बताएका छन् ।
पिताको निधन भएको खबर पाउदा मुख्यमन्त्री योगी प्रदेशको कोरोना नियन्त्रण कोर समितिको बैठकमा रहेको र सूचना पछि पनि बैठक जारी राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
