काठमाडौं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएपछि बाढीको उच्च जोखिम देखिएको छ।
ललितपुरस्थित खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर तोकिएकोमा अहिले जलस्तर ३.५८ मिटर पुगेको छ। त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर पार भएको छ। नख्खु खोलामा समेत जलस्तर लगातार बढिरहेको छ।
मौसमविद्हरूले आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने अनुमान गरेका छन्। यसले गत वर्षको जस्तै बाढीको जोखिम निम्त्याउने सम्भावना रहेको चेतावनी दिइएको छ।

हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, साथै कालिमाटी र बल्खु तरकारी बजार क्षेत्रलाई डुबानको उच्च जोखिममा राखिएको छ।
