सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन् । काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट पक्राउ परेका तामाङ काठमाडौंको बबरमहलमा बस्दै आएका थिए ।
उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।