सिमेन्ट उत्पादक संघका अध्यक्ष एवम उद्योगी नघुनन्दन मारु यसपालीको बडादशैंमा तिर्थयात्राको योजनामा छन् । भारतका केही महत्वपूर्ण धार्मिक स्थलहरुको पारिवारिक भ्रमण गरेर दशैं मनाउने योजना रहेको सुनाउँछन् ।
विगतको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता पाएको बताउँदै उनले इन्टरनेटका कारण मानिसहरुबीचको प्रत्यक्ष सम्बन्धमा दरार आएको उनी बताउँछन् । ‘विगतमा विराटनगरको पूरानो घरमा बसेर सामूहिक रुपमा दशैं मनाउँथ्यौं । हिजोआजको दशैं विगतमा जस्तो छैन् । क्लोजनेश हुन छाड्यो । इन्टरनेट वा एआइका कारण नजिक भएर पनि कम्युनिकेशन नहुँदा सम्बन्ध टाढा भएजस्तो लाग्छ,’ उनले भने
बलि प्रथाप्रति अरुचि राख्ने उनी पूर्ण रुपमा शाकाहारी रहेको बताउँछन् । ‘मैंले धेरै साथीहरुलाई भेजिटेरियन बनाएको छु । जन्मजात ननभेजिटेरियन्ट भएका साथीहरुलाई भेजिटेरियन बनाएको छु । जसका कारण साथीहरुले मलाई बधाई समेत दिनुहुन्छ,’ उनले भने ।