जेनजी आन्दोलनमा घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

समाज

गत भाद्र २३ र  २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरु घाइतेहरुलाई परिचयपत्र वितरण गरेका हुन् ।

दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरुले घाइते परिचयपत्र पाएका हुन् ।

जेन–जी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी दिपेन्द्र बस्नेत ढलेका थिए ।  दैलेख घर भएका दिपेन्द्र बस्नेतको हाल उनको उपचार जारी छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

रोजगारीको सिलसिलामा काठमाडौंमा रहेका दैलेख भगवतीमाई गाउँपालिका–१ का २८ वर्षीय बस्नेतको टाउकोमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको  छ ।