Gen-Z Crackdown Probe: ओली–लेखकसहित ५ जनाको Passport रोक्का सिफारिस

Headlines Sticky News राजनीति

काठमाडौं । जेन–जी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले उनीहरूलाई आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

आयोगका सदस्यले दिएको जानकाअनुसार आज (आइतबार) बसेको बैठकले ओली र लेखकसहित पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का भनेको छ । आयोगको अध्यक्षमा पूर्व न्यायाधीश गौरीबहादुर कार्की छन्

आयोगका अनुसार यी पाँच जना व्यक्तिहरुलाई आयोगको स्विकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनको लागि पनि सम्बन्धित निकायमा पत्राचार गर्ने भनिएको छ । File Photo