“NEPSE’s Happy Dashain Gift: ११.५१ अंकले बढ्यो नेप्से”

Headlines Sticky News बजार

काठमाडौं । दशैं अघिको अन्तिम कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज दोहोरो अंकल वृद्धि भएको छ । यस दिन ११.५१ अंकले बढेर परिसूचक २ हजार ६६३.५१ बिन्दुमा उक्लिएको हो ।

कारोबारमा भएकामध्ये १७० कम्पनीको शेयर मूल्य बढ्दा ६९ को घटेको छ । जहाँ २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँको मात्र कारोबार भएको छ । ग्लोबल आईएमई सम्मुनट योजना २ को मूल्यमा सकरात्मक सर्किट लाग्दा सिक्लेस हाइड्रोपावर कम्पनीको मूल्यमा नकरात्मक सर्किट लागेको छ । यसअघि गएको बिहिबार ३ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

यस दिन यूनियन हाइड्रोको सबैभन्दा धेरै २४ करोड ११ लाख रुपैयाँको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ११ करोड र शिवम् सिमेन्टको ८ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल एण्ड टुरिजम, ट्रेडिङ र अदर उपसूचक समूहमा गिरावट आएको छ । यी बाहेक सबै उपसूचक समूह वृद्धि भएको छ ।