१२ टाँकापछि देउवाको स्वास्थ्यमा केही सुधार, अझै छाउनी अस्पतालमै बस्नुपर्ने 

समाचार

काठमाडौं,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा युवाहरुको सांघातिक हमलामा परेका देउवालाई गम्भीर चोट लागेर १२ वटा टाँका लगाइएको थियो। सो क्रममा उनकी पत्नी डा. आरजु राणामाथि पनि भौतिक आक्रमण भएको थियो।

खड्काका अनुसार हाल देउवा दम्पत्तिको स्वास्थ्यमा सुधार आएको छ। तर चिकित्सकको निगरानी आवश्यक भएकाले सभापति देउवा अझै केही दिन छाउनीस्थित नेपाली सेनाको अस्पतालमै रहनुपर्ने भएको छ।