“व्यारेकबाट बाहिरिए ओली, बालकोट निवास जलेपछि नया डेरा गुण्डुमा”

राजनीति

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक व्यारेकबाट बाहिरिएका छन्।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि उनी नेपाली सेनाको सुरक्षा घेरामा व्यारेकमा बस्दै आएका थिए।

स्रोतका अनुसार, ओलीलाई आज व्यारेकबाट बाहिर ल्याई भक्तपुरको गुण्डु क्षेत्रमा डेरा सारिएको छ। महेश बस्नेतको पहलमा उनको निम्ति एउटा घर भाडामा लिइएको बताइएको छ।

ओलीको बालकोटस्थित निवास भने जेन–जी आन्दोलनको क्रममा आगलागी भएर ध्वस्त भएको थियो। प्रधानमन्त्री पदबाट भदौ २४ गते राजीनामा दिएपछि उनी सैनिक व्यारेकमै बस्दै आएका थिए।