यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

Headlines संकृति - सम्पदा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ ।

मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जानकारी दिएको हो ।

त्यस दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ ।

समितिले आज जारी गरेको सूचना अनुसार यस वर्षको बडादशैं २०८२ सालको असोज ६ गतेदेखि सुरु हुदैँछ । त्यस दिन बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको छ ।

असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने समितिको सूचनामा उल्लेख गरिएको छ ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।

असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार महानवमी परको छ ।