काठमाडौं – वाणिज्य बैंकहरुले असोजमा पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । असोज महिनाका लागि बैंकहरुले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटाएर औसत ५.४६ प्रतिशतमा झारेका छन्। भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.०९ प्रतिशत घटेर ३.८७ प्रतिशतमा कायम भएकाे छ ।
गत साउनमा संस्थागततर्फ औसत ३.९६ प्रतिशत ब्याजदर थियो । बैंकको संस्थापक मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर समीक्षा अवधिमा ०.०८८५ प्रतिशत विन्दुले घटेको छ । असाेज महिनाका लागि ९ वटाले ब्याजदर घटाउँदा ९ वटाले भदौकै ब्याजदरलाई कायम राखेका छन् ।
भदाैका लागि स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएका छन् । यस्तै, असाेज लागि प्राइम कमर्शियल, सानीमा, एभरेष्ट, सिटिजन्स, एनआईशी एशिया नेपाल एसबीआई, कृषि बैक, नेपाल बैंक र कुमारी बैंकले ब्याजदर घटाएका छन्
ग्लोबल आईएमई , प्रभु , माछापुच्छ्रे, एनएमबि , हिमालयन , सिद्धार्थ , नबिल र राष्ट्रिय वाणिज्य , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोजका लागि ब्याजदर स्थिर राखेका छन् ।