काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल करिब एक सातापछि सार्वजनिक भएका छन्। भदौ २४ गते विहानदेखि सेनाको उच्च सुरक्षा घेरामा रहेका दाहाल हिजोदेखि पार्टी पंक्तिसँग सम्पर्कमा आएका हुन्। त्यसको भोलिपल्ट अर्थात् आज उनी पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका छन्।
जेन–जी आन्दोलनका क्रममा माओवादी केन्द्रको मुख्यालय तोडफोड र आगजनीबाट ध्वस्त भएको थियो। दाहाल आजदेखि पार्टीको जिम्मेवारीमा सक्रिय भएको उनको सचिवालयले जनाएको छ। पेरिसडाँडा पुगेका दाहाललाई वाईसिएलका नेताहरू र युवाहरूको ठूलो उपस्थितिले स्वागत गरेको थियो।