मन्त्री घिसिङले गरे पदभार ग्रहण, डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने पहिलो निर्णय

राजनीति

काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हु्न् ।

नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् ।