आन्दोलनमा ज्यान गएको घटनाप्रति ट्रेड युनियनहरु चिन्तित

राजनीति

भदौ  २३ र २४ गते भएको आन्दोलनमा सरकारी पक्षबाट असावधानी ढंगबाट भएको दमनबाट प्रदर्शनकारी र सुरक्षाकर्मीको ज्यान गएको घटनाप्रति विभिन्न ६ वटा ट्रेड युनियनहरुले दुःख व्यक्त गरेका छन् ।

आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै युनियनले उक्त घटनामा परि सहादत प्राप्त गर्नुहुने प्रदर्शनकारी र सुरक्षाकर्मीहरु प्रति भावपूर्ण श्रद्धान्जली शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना, र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना, गर्दै  मृतक परिवारजनमा उचित क्षतिपुर्तिको व्यवस्था र घाईतेहरुको निशुल्क र सिघ्र उपचारको माग गरेको छ ।

युनियनले शान्तीपूर्ण प्रदर्शनको क्रममा घटेको घटनाको न्यायीक छनवीन गरि सार्वजनिक तथा ब्यक्तीगत सम्पतीको तोडफोड, लुटपाट र आगजनी गर्ने दोषीहरु पत्ता लगाई कानुनी दायरामा ल्याउन समेत राष्ट्रियस्तरका ट्रेड युनियनहरु माग गर्दै निजामती क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरुको तर्फबाट ८ बुँदे माग गरेको छ ।

संयुक्त पे्रस विज्ञप्ति

२०८२ साल भदौ २३ र २४ गते सामाजिक संजालको निर्वाध प्रयोग, भ्रष्टाचारको अन्त्य र सुशासन लगायतका माग राखि जेन –जी पुस्ताले गरेको शान्तीपूर्ण प्रदर्शनमा सरकारी पक्षबाट असावधानी पुर्णढंगबाट भएको दमनबाट प्रदर्शनमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मी लगायतको ज्यान गएको घटनाप्रति हामी राष्ट्रियस्तरका ट्रेड युनियनहरु दुःख व्यक्त गर्दछौं ।

उक्त घटनामा परि सहादत प्राप्त गर्नुहुने प्रदर्शनकारी र सुरक्षाकर्मीहरु प्रति भावपूर्ण श्रद्धान्जली शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना, मृतक परिवारजनमा उचित क्षतिपुर्तिको व्यवस्था र घाईतेहरुको निशुल्क र सिघ्र उपचारको माग गर्दछौं ।

शान्तीपूर्ण प्रदर्शनको क्रममा घटेको घटनाको न्यायीक छनवीन गरि सार्वजनिक तथा ब्यक्तीगत सम्पतीको तोडफोड, लुटपाट र आगजनी गर्ने दोषीहरु पत्ता लगाई कानुनी दायरामा ल्याउन समेत हामी राष्ट्रियस्तरका ट्रेड युनियनहरु माँग गर्दछौं । साथै निजामती क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरुको तर्फबाट देहाय बमोजिम गर्न गराउन सम्बद्ध पक्षहरुमा हार्दिक अपिल गर्दछौं ।

१. सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुमा यस गम्भिर परिस्थितिमा आफु सुरक्षित रहदै संयमित भएर आवश्यक सेवा सहजिकरण गरिदिन हुन र सम्पुर्ण स्वास्थ्यकर्मी साथीहरुलाई आन्दोलनको क्रममा घाईतेहरुको उद्धार, उपचार र सहायतामा अविचलित रहि निरन्तर लागिरहनका लागि आह्वान गर्दछौं ।

२. परिवर्तित सन्दर्भमा यस आन्दोलनबाट उत्पन्न परिस्थितिलाई आत्मसाथ गर्दै सम्पूर्ण राष्ट्रसेवकहरुलाई सेवा प्रवाहको लागि सुरक्षित वातावरण निर्माण गर्नको लागि आग्रह गर्दछौं । साथै सम्बद्ध पक्षसँग समन्वय गरि आ–आफ्नो क्षेत्रका कार्यालयहरुको सरसफाई तथा अभिलेखको सुरक्षा र संरक्षण गर्दै वर्तमान परिस्थितिलाई अनुकुलतामा परिणत गरि नागरिकको सेवा प्रवाहमा जुट्न सम्पूर्ण राष्ट्रसेवकहरुमा हार्दिक अनुरोध गर्दछौं ।

३. क्षति भएका सार्वजनिक पूर्वाधारको संरचनाहरुको पूर्णनिर्माणका लागी अधिकार सम्पन्न पूर्णनिर्माण कोष निर्माण गरि स्वेच्छिक आर्थिक सहयोगका लागि सम्बद्ध सबैमा अपिल गर्न सरकारसँग अनुरोध गर्दछौं । साथै उक्त कार्यमा सहयोग पुर्याउन हामी राष्ट्रियस्तरका सबै ट्रेड युनियनको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

४. मिति २०८२ भाद्र २३ र २४ गते भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अधिकार सम्पन्न न्यायीक आयोगको गठन र विगत देखी वर्तमानसम्म जुनसुकै व्यक्ती वा संस्थाबाट भएको अनियमितता र भष्ट्राचारको यथार्थ जाँचबुझ गरि कारबाहीको दायरामा ल्याउन र अनधिकृत सम्पत्ती राज्यकोषमा जम्मा हुने गरि उच्च स्तरिय छानबिन आयोग गठन गर्न सरकारसँग अनुरोध गर्दै उक्त कार्यमा सहयोग पुर्याउन सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौं ।