प्रधानमन्त्री कार्की राष्ट्रिय ट्रमा सेन्टरमा, घाइतेहरूको स्वास्थ्य अवस्था बारे जानकारी

समाचार

काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेर हालैको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभयो।

अस्पतालमा उहाँले घाइतेहरूको उपचार प्रक्रिया बुझ्नुका साथै शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गर्नुभयो।  आन्दोलनका क्रममा हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए।