काठमाडौँ, भदौ २७ । लगातार ६ दिनदेखि लागू हुँदै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा हटाइएको छ।
भदौ २३ गते दिउँसो जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु लागू गरेको थियो। नेपाली सेनाले भदौ २४ गतेदेखि यस सम्बन्धमा सूचना जारी गर्दै आएको थियो।
तर आज बिहानदेखि सेना वा स्थानीय प्रशासन कुनै निकायले पनि निषेधाज्ञा र कर्फ्युबारे नयाँ सूचना जारी गरेका छैनन्।

यससँगै उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ।
