नवनियुक्त प्रधानमन्त्री कार्कीले लिईन् पद तथा गोपनीयताको शपथ

राजनीति

काठमाडौँ,  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् ।। राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा कार्कीले राष्ट्रपति पौडेलसमक्ष शपथ लिएकी छन् ।

आन्दोलनपछि जेन–जी प्रतिनिधिहरुलाई कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गरेका थिए ।

संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमाmउपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो । नवनियुक्त प्रधानमन्त्री कार्की सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीशसमेत हुन् ।