काठमाडौं – जेनजीहरूले अन्तरिम सरकार प्रमुखका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति गरेका छन्। नेपाली सेनाको सहजीकरणमा हुने वार्तामा अभिभावकत्व लिन आग्रह गर्दै जेनजी प्रतिनिधिहरूले कार्कीलाई प्रस्ताव राख्ने भएका छन्।
करिब पाँच घण्टासम्म चलेको भर्चुअल बैठकपछि जेनजीहरूले सुशीला कार्कीलाई साझा उम्मेदवारको रूपमा अघि सार्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने निर्णय गरेका हुन्।
