काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेपछि जेन जीहरू आफ्ना एजेन्डा तयार पार्न भर्चुअल छलफलमा जुटेका छन्।
डिस्कोर्डमार्फत ३२ सयभन्दा बढी युवाले अबको रणनीति र संरचनाबारे बहस गरिरहेका छन्। छलफलमा शासनको स्वरूप, कार्यकारीको कार्यकाल, संसद विघटनपछि कति अवधिमा निर्वाचन हुने भन्नेजस्ता मुद्दा उठेका छन्।
यस्तै, वार्ताका लागि प्रतिनिधि कसलाई पठाउने र नेतृत्वमा कसलाई अघि सार्ने भन्ने विषयमा समेत आन्तरिक छलफल भइरहेको छ।

