काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज केही बेरमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।
यसअघि नेपाली सेनाले सार्वजनिक अपिल जारी गर्दै विद्यमान परिस्थिति थप जटिल नबनोस् भनेर सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्दै संयमित रहन सम्पूर्ण युवा जनशक्ति तथा नागरिकलाई आग्रह गरेको थियो।