“जेनजी आन्दोलन–कर्फ्युमा फसे जनता, एनआईसी एशियाको एटीएम र मोबाइल बैंकिङ बन्द”

अर्थ बैंक/वित्त

२४ भदौ, काठमाडौं, हिजोदेखि शुरु भएको जेनजीको आन्दोलन तथा सरकारले लगाउदै आएको अनिश्चितकालिन कर्फ्युले एकातिर सर्वासधारणको जीवन कष्टकर हुँदै गएको छ भने अर्कोतर्फ यस्तै अप्ठेरो बखतमा बैंकहरुको डिजिटल पेमेन्ट सिस्टममा समेत समस्या देखिन लागेको छ |

आफुलाइ ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकको
एटीएम तथा मोबाइल बन्किंग प्लेटफर्मले सबै साथीहरुलाइ धोका दिन थालेको छ | मंगलवार बिहानै देखि एनआइसी बैंकका अधिकांस एटीएमहरु सर्भर डाउन भएर आउट अफ अर्डरमा रहेको तथा मोबाइल बैंकिंग समेत ह्यांग रहेको गुनासाहरु इन्स्टाखबरलाइ प्राप्त भएका छन् |

बालुवाटार, लाजिम्पाट, पुतलीसडक, भाटभटेनी, ज्ञानेश्वरल, महाराजगंज, हादी गाउँ गायत बिभिन्न स्थानका एन आई सी एशिया बैंकका ग्राहकहरु आफना एटीएम तथा मोबाइल बन्किंग प्लेटफर्म नचलेको, कतै एटीएम नै बन्द रहेको गुनासाहरु तस्विरहरु सहित इन्स्टाखबरलाइ प्रेषण गरिरहेका छन् |

हेर्नुहोस् धोकेबाज एटीएमको अवस्था:

आफुलाइ ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने यस बेंकले अफ्ट्यारो परिस्थितिमा अहिलेको अवस्थामा ग्राहक सेवामा चरम लापरवाही प्रस्तुत गरेको देखिन्छ | नाम खुलाउन नचाहने सर्तमा बैंकका एक ग्राहक भन्छन ” हामी त यो बैंकको डिजिटल बैंकिंग सेवाबाट पहिल्यै वाक्क भईसकेका थियौ अहिले यो आन्दोलन र कर्फ्युको समयमा हामीलाई अब एन आई सी एशिया बैंकले भोकै मार्ने समेत भयो |