जेनजी आन्दोलन: नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले दिए पदबाट राजीनामा

राजनीति

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। सोही दिन जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ।

उक्त घटनाप्रति नैतिक जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएको बताइएको छ। उनले यसअघि पार्टी बैठकमै पनि नैतिकताको आधारमा पदमा नबस्ने निर्णय गरेको जानकारी गराइसकेका थिए।