प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्दैछ।
बैठकमा आज भएको जेनजीको प्रदर्शनको विषय एजेन्डामा रहेको बताइएको छ।
यस्तै काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

केहीबेरमा बैठक बस्न लागेको सुरक्षा परिषद्को सचिवालय स्रोतले जानकारी दिएको छ।
