जेनजी प्रदर्शनमा पाँचको मृत्यु, स्थिति झन् तनावपूर्ण

समाचार

काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ ।

उनीहरू सबैलाई प्रहरीले प्रहार गरेको रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा अस्पतालले उनीहरूको मृत्यु घोषणा गरेको हो ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गरेपछि स्थिति झन् हिंसात्मक बनेको बताइएको छ ।