काठमाडौं । राजधानीको बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा तीन पत्रकार घाइते भएका छन्।
गोली लाग्ने पत्रकारहरूमा कान्तिपुर टीभी, नयाँ पत्रिका र नेपाल प्रेसका पत्रकार रहेका छन्। कान्तिपुर टीभीका अनुसार फिल्डमा खटिएका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् र हाल उपचारका लागि सिभिल अस्पताल लगिएको छ।
