“साल्ट ट्रेडिङ ६३औँ वार्षिकोत्सवमा मृगौला रोगी सहयोगार्थ रक्तदान”

कर्पोरेट

साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो ६३औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल मृगौला रोग समाजसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कर्पोरेशनका कर्मचारी, व्यवस्थापन समिति सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्देश्य समाजमा रक्तदान संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै मृगौला रोगीहरूलाई सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएका छन्। रक्तदानबाट संकलित रगत नेपाल रेडक्रस सोसाइटीमार्फत आवश्यकता अनुसार प्रयोग गरिने आयोजकले जनाएका छन्।

साल्ट ट्रेडिङले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि शिक्षा, स्वास्थ्य र राहतसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।