माधुरीको मुस्कान !

मनोरंजन

माधुरी दिक्षितसँग मेरा कुनै स्मृती छैनन् । विद्यालयबाट भागेर दिक्षितको सिनेमा हेर्न गएको अथवा दिक्षितलाई हेर्नकै लागि ब्ल्याकमा टिकट खरिद गरेका, यस्ता कुनै प्राचिन स्मृती संग्रहण गर्ने मौका मैले पाईन् । खासमा म उनको समयको सिनेमा दर्शक होईन । तर पनि १२ कक्षा पढ्दै गर्र्दा“ ‘दिल तो पागल हे’ सिनेमा हेर्ने मौका जुरेको थियो ।

१५ रुपैयाँ भाडा तिरेर उत्त सिनेमाको सिडी एक रातको लागि मेरो मुकामको पाहुना बनेको थियो । कलजेमा प्रेम पर्छ कि जस्तो भएको थियो । त्यही प्रेम संभावना मध्यनजर गर्दै मेरा प्रिय दाईले उत्त सिनेमा हेर्न सुझाएका थिए । दाईको अनुभवको कदर स्वरुप सिनेमा हेरे ।

खासमा सिनेम कम सिनेमाको गित ‘ढोलनन’ धेर मन परेको थियो । कुच तुम बोलो कुच हम बोले…बाट सुरु हुने उत्त गित मैले कलेजमा संभावित प्रेमिकाको बगलबाट गुज्रिदा गुनगुनाएको छु । खैर गितसंगै गितमा देखिएको दिक्षितको नृत्य कौशलले किशोर हृदयमा केही अंश कब्जा गर्दो भयो । (दिक्षितले हृदय कब्जा गरेकै कारण मैले संभावित प्रेमिकासंगको प्रेम संभावनाका अन्त भईगयो) त्यही कब्जा भएको हृदयको सलामी स्वरुप यो लेख ।

000

सन् ८०/९० को दशकसम्म पुग्दा भारतीय सञ्चारमाध्यमको लागि सिनेमा उद्योग समाचारको राम्रै स्रोत बनिसकेको थियो । सामान्य भारतीय नागरिक पनि सिनेमा उद्योगका गतिबिधिसँग अप टु डेट हुन थालिसकेका थिए । सञ्चारमाध्यामले पनि सेलिब्रेटी जीवनको धेरै हिस्सालाई गसिपमा समावेश गर्न थालिसकेका थिए ।

सिने नायक नायीकाका विभन्न किस्साहरुले म्यागजिन र अखबार भरिन थालिसकेका थिए । यही दशकमा भारतीय सिने उद्योगमा नियमित जस्तै एउटा सिनेमा प्रर्दशनमा आएको थियो । सिनेमा थियो अबोध(१९८६) । यो सिनेमाले बलिउडलाई नयाँ अभिनेत्री दियो । अबोधको क्रेडिट लाईनममा लेखिएको थियो ‘नई तारिका— ‘माधुरी दीक्षित’ अर्थात इन्टरड्युसिगं माधुरी दीक्षित । अबोध सिनेमामार्फ बलिउडमा साँच्चै अबोध अभिनेत्रीको बलिउड प्रवेश भएको थियो ?

पहिलोपटक अबोध सिनेमामा देखा परेकी उक्त अभिनेत्री मध्यम वर्गिय भारतीयको लागि निकै परिचित अनुहार जस्तै बन्यो । त्यो अबोध अनुहार मध्यम वर्गिय भारतीय परिवारका लागि परिचित र पारिवारीक लाग्यो । शालिन र सौम्य अदाले भरिएको त्यो अनुहारलाई भारतीय दर्शकले सिनेमा हेर्दा हेर्दै आफुमाझबाट पर्दामा गएको हो कि भन्ने ठानेका थिए । भारतीय दर्शककालागि दिक्षितको अनुहार पहिलो सिनेमामै परिचित र पारिवारिक बन्यो । तिनै पारीवारीक नायीकाले मेरो हृदयको केही अंशमा उहिल्यै किशोर वयमा कब्जा जमाईन् ।

त्यो भन्छन नि प��रेमको झण्डा गाडेजस्तै । विजयको झण्डा गाडेजस्तै । बस् मैले पनि निःशर्त दिक्षितलाई हृदयको केही भूमि अर्पण गरे । मान्छेहरु प्रेममा जीवन त अर्पण गर्छन भने मलाई हृदय अर्पण गर्न कुनै ठूलो कुरा थिएन् । यी सबैका बावजुद पनि अबोध बलिउडको फल्प सिनेमामा दर्ज भयो ।

अबोध रिलिज भएको दुई वर्ष पछि दीक्षीत अभिनित तेजाब रिलिज भयो । तेजाबले दीक्षितको सिने करियरको सोपान सावित भयो । अनुपम खेरसँगको एक अन्र्तवार्तामा दीक्षित भन्छिन् ‘मैले पहिलोपटक अटोग्राफ तेजाब पछि दिए, अमेरिकाबाट फर्किदा विमानस्थलमा मैले जीवनकै पहिलो अटोग्राफ दिए ।’ मोहोनीको भूमिकामा देखिएकी दीक्षीतले साँच्चिकै भारतीय दर्शकलाई मोहोनी नै लगाईन् ।

दिन दुगुना रात चौगुना माधुरीको लोकप्रियता उकालो लाग्यो । त्यसपछि उनका विभिन्न मुद्राका तस्वीर हरेक भारतीय नौ जवानको कोठामा टाँसिन थाले । केश कर्तनालयमा दीक्षितलाई साक्षी राख्दै पुरुषहरु केश कर्तन गर्न थाल्दा भए ।

घरको भित्तामा नायीकाको तस्वीर टास्नुलाई अश्लिलताको रुपमा अर्थयाउने भारतीय समाजमा दीक्षितको तस्वीर अचानक शालिन र भ्रद लाग्दो भयो । परिवारका बुजु्रग सदस्य पनि दीक्षितको तस्वीर हेर्नकै लागि भए पनि छोरा, नातीको कोठामा बारम्बार प्रवेश गर्ने जुरुरत गर्न थाल्दा भैगए ।

माधुरी दीक्षित भारतीय सिनेमा उद्योगकी अन्तीम अभिनेत्री हुन् जसको रिल र रियल लाईफ दुवै मध्यम वर्गिय भारतीयका लागि आदर्श बन्यो । दीक्षित मध्यम वर्गिय परिवारको आदर्शको रुपमा घरका भित्तामा झुण्डिन थालिन्, नौजवानको विर्यका तिख्खर गन्धले भरिएको कोठामा गुम्सीन थालिन, केश कर्तनालयमा नाईका हरेक कर्तनिय हर्कत नियाल्न थालिन् ।

भारतीय मध्यव वर्गिय परिवारको चाहाना मुताविक दीक्षित डाक्टर बन्ने ध्याउन्नमा बायोलोजी अध्ययन गर्दा गर्दै बलिउडको भुल भूलैयामा छिरिन् । र त्यतै कतै अलमलिदै उनी स्टार बनिन् । उनी एक दिन डाक्टर बन्ने संभावना देखरै होला मध्यम वर्गिय परिवारले दिक्षितलाई हरेक घरमा स्वागत गरेको । डाक्टर छोरिले अस्पतालका मरिजका साथ साथै परिवारका सदस्यको पनि उपचार गरोस ।

परिवारका सदस्यको पनि मेडीकल रिर्पोट अप टु डेट राखोस भन्ने भारतीय पविारको कामना हुने गर्छ । प्रिय दीक्षित डाक्टर नै नबने पनि उनले पती भने डाक्टर रोजीन(१९९९) । ततपश्चात उनले बलिउड र परिवार दुवैको यात्रा तय गरिन् । जीवन यात्राका यी दुवै मोर्चामा दीक्षित तगडा सावित भईन् । उनले आफैलाई तगडा सावित गरिन् । फेरी एक पटक उनी भारतीय मध्यम वर्गिय परिवारको आदर्श बनिन् ।

बलिउड छिर्ने उनको कुनै स्वर्णीम सपना थिएन् । उनकै भाषामा भन्ने हो भने उनी अचानक बलिउड छिरेकी थिईन् । १२ कक्षाको परिक्षापछिको फूर्सदको समय बिताउन उनी बलिउड छिरेकी थिईन् । फूर्सदको सदुपयोग गर्न छिरेकी दीक्षितलाई बलिउडले बेफूर्सदिलो बनायो ।

डाक्टर बन्ने सपना सहित माईक्रोबायलोजी अध्ययन सुरुवात गर्दा दीक्षितको उमेर १८ बर्ष थियो । प्रिय दीक्षित जब तिमिले मेरो हृदयमा कब्जा जमाएकी थियौ तिनताका मेरो उमेर १८ बर्ष पनि थिएन । सरकारी उमेर अनुसार त म बालक नै थिए । एउटा बालकको हृदय कब्जा गर्ने निर्दयी दीक्षित !

हुदयमा दीक्षितले कब्जा जमायपश्चातको मेरो यात्रा निर्वाध र सहज भएन् । दिक्षितले कब्जा जमाएको हुदयको भूमिमा अन्य युवतिले आफ्ना पाईला राख्नै मान्दा भएनन् । संभावित प्रेमिकाको पाईलाले हृदयको भूमि पवित्र बनाउने मेरो चाह……यतै कतै छुटिगयो । त्यसरी नै १८ वर्षको उमेरमा प्रारम्भ भएको दीक्षितको यात्रा पनि त कहाँ सहज रह्यो र ?

सुरुवाती सिनेमा फल्प हुँदा उनलाई बलिउडको नेगेटीभिटिले छोप्यो । उनलार्ई दुब्ली, पातली, चर्को स्वर भएकी केटी भनियो । यतिसम्मकी यो केटी सिनेमाका लागि बनेकी नै हैन पनि भन्न थाले । तर, जसै दर्शकले उनका सिनेमा रुचाउन थाले केही काल अगाडी नराम्रा भनिएका दीक्षितका सबै कुरा अब सकारात्म बन्न थाले ।

९० को दशक दीक्षितको सिनेमा करियरको सुनौलो दशक हो भन्छन् । तर प्रिय दीक्षित मेरो करियरको सुनौलो दशक अझै आईपुगेको छैन् । संसारका हजारौ हृदले तिमिलाई आफ्नो करियरका सुनौला वर्ष र दशक सुम्पेका छन् ।

यो अवधिमा दीक्षितले ‘राम लखन, परिन्दा, साजन, बेटा, हम आपके हे कौन, दिल तो पागल’ जस्ता सिनेमामा अभिनय गरेर तमाम युवाहरुको जवानी सिनेमा घरमा खर्च गराईन् । लाखौँ, करोडौँ दर्शकले सिनेमा हलमा खर्चेको जावनी बोकेर दीक्षित आज पनि जवान देखिन्छीन् ।

यी तमामा सिनेमाले दीक्षितको करियरलाई सफलताको अपार रस स्वादन गराउँदा भए । सुन्दरता र शालिनताको परिभाषा सहित दीक्षित भारतीय सिनेप्रेमिमाझ चिनिन थालिन् । एक पछि एक गदै उनी बलिउडका प्रत्येक सिँढी चढिन् र आफ्नो छुट्टै उचाई बनाईन । उचाईमा पुगेपछि, ओरालो पनि झर्नु पर्छ भन्ने सामान्य सिद्धान्त छ । तर यो सिद्धान्त दीक्षितको हकमा लागु हुँदैन् ।

सफलताको अपरिमित उचाईमा दीक्षित अडिग रहिन् । उनलाई त्यहाँ अगिड गराउन न जाने कति मनुवाले आफ्नो काँध थापेका थिए ? सिने करियरको उच्चतम बिन्दुमा पुग्दा पनि उनी आफ्नो सुरुवाती सिनेमा अबोधमा जस्ती थिईन त्यस्तै रहिरहीन् । साद्गीको जिवन्त उदाहरण बनेर हर भारतीयको घर घरमा, चुला चौकामा छाईरहिन ।

हर एक भारतीय युवाको सपना अतिक्रमण गर्ने दीक्षितले लोकप्रियातको त्यो समयसँग पनि सात्क्षत्कार गर्ने मौका पाएकी छिन जहाँ प्रत्येक युवति दीक्षित जस्तै बन्ने सपना बोकी हिड्थे । आफ्नो समयको सबैभन्दा परिचित अनुहार मानिने दीक्षितसँग हर एक भारतीय कतै न कतैबाट नाता जोड्ने ल्याकत राख्थ्यो । परिवारका बुज्रुक सदस्यलाई उनको अनुहार अनुहार आफ्नै छोरी या बुहारीको जस्तो लाग्दो हो, युवा जमातलाई उनको अनुहार आफ्नै प्रेमिकाको जस्तो लाग्दो हो । युवतिहरु पनि दीक्षित झै बन्न चाहान्थे, संभव छ उनीहरु दीक्षितको सुन्दरताप्रति डाह गर्दा हुन् । (कास हम भि इतने सुन्दर होते)

एउटै समयमा कलेज पढ्ने युवती र गृहस्थी चलाईरहेका गृहणको आदर्श थिईन दीक्षित । यस्तो दोहोरो आदर्शको भूमिका निर्वाह गर्ने मौका अभिनेत्रीले निकै कम पाउँछन् । दीक्षित अभिनित ‘साजन’ र ‘दिल तेरा आशिक’ पछि युवतीहरुमाझ दीक्षितकै जस्तो मुस्कुराउने र उनको जस्तै कपाल कोर्ने होडवाजी नै चलेको थियो । युवाहरु पनि युवति दीक्षित जस्तै मुस्कुराईदेओस भन्ने चाहान थालेको थिए ।

‘हम आप के हे कौन’ सनेमामा दीक्षितले पहिरेको ब्याकलेस ब्लाउजको लागि धेरै भारतीय गृहणीले आफ्नो पतिलाई सताएका थिए । यो ब्लाउज तत्कालिन समयका गृहणीमाझ फेसन आईकन बनेको थियो । र आज पनि यो ब्लाउज उत्तिकै प्रचलनमा छ ।

‘देवदास’मा चन्द्रमुखिको भूमिकामा देखिएकी दीक्षितले लगाएको लेहगाँ त झन लामो समयसम्म भारतीय डिजाईनरको पपुलर च्वाईसमा रह्यो । यो लेहगांको माग यतिसम्म थियो की भारतमा लुगा पसल बाहिर नै चन्द्रमुखिको जस्तो लेहगां यहाँ पाईन्छ लेख्नु परेको थियो । र त्यो लेहगांको तौल ३० किलो थियो ।

सिनेकर्मीका प्रेम किस्साले समाचारपत्रका कर्नर ओगट्न थालिसकेका थिए । त्यही कर्नरमा दीक्षितको नाम कहिले अनिल कपुर त कहिले संजय दत्तसँग जोडिन थाल्यो । बलिउडका तीन खानसँग पनि उनको नाम जोडियो ।

लामो समयसम्म दीक्षितको नाम संजय दत्तसँग जाडियो । खलनायक सिनेमा छयांकनको दौरान दिक्षित र दत्त नजिकिएका थिए भनिन्छ ।(जानकारीका लागि ः खलनायक भारतको पहिलो बीमा गरिएको सिनेमा हो ।) दत्तको नाम टाडा(टेररिस्ट एण्ड डिस्रप्टीव एक्टीभिटिज)सँग जोडिएपछि उनी दत्तबाट टाढिईन ।

दीक्षितका फ्यानले दिक्षित र दत्तलाई अन्तिमपटक सन् १९९७ मा महानताको पर्दामा देख्दा भए । दिक्षित र दत्तका फा्यानले भुल्नै नसक्ने अर्को तथ्य हो दत्तका नाम अन्य अभिनेत्रीसँग लगभग जोडिएको छैन । त्यसो त दिक्षितको पनि अन्य अभिनेतासँग निकै कम नाम जोडिएको छ । संख्यात्मक हिसाबमा उनले अनिल कपुरसँग धेरै अभिनय गरेकी छिन् ।

भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार दीक्षित दुई दशकको अन्तरालपछि संजय दत्तसँग ‘टोटल धमाल’ को स्क्रिनमा देखा परिन् । टोटल धमाल यस अघिको धमाल सिरिज अन्र्तगतकै सिनेमा हो । २०१८ को अन्ततिर रिलिज भएको यो सिनेमामा अनिल कपुरले पनि अभिनय गरेकाछन् । यसका अलवा दीक्षित २०१९ मा दत्तसँग कलंक सिनेमा पनि देखा पर्नेछिन् ।

सन् १९८८ मा दयावान सिनेमामा देखाईएको दीक्षित र विनोद खन्नाको किस सिनले बलिउडको माहोल तातिएको थियो । आफुभन्दा २१ बर्ष बढि उमेरका विनोद खन्नासँगको उक्त दृश्यले आफुलाई पछुतो लागेको भन्दै दीक्षितले आफ्नो बचाव गरेकी थिईन् ।

दीक्षित १३ औँ पटकसम्म फिल्म फेयर अवार्डका लागि मनोनित हुने पहिलो बलिउड अभिनेत्री हुन् । बलिउड प्रेमिमाझ धक धक गर्लको नामले समेत परिचित दीक्षितलाई सर्व प्रिय बनाउने उनको नृत्य कौशल पनि हो । दीक्षितको परिचयको अभिन्न हिस्सा हो नृत्य । दीक्षितकोे सिग्नेचर बनेको नृत्यका स्टेपमा बलिउडका अभिनेत्री देखि सामान्य युवति र गृहणीले पनि आफ्नो कम्मर हल्लाएका छन् ।

‘तेजाब’ सिनेमाको गित एक दो तीनको नृत्यले उनलाई बलिउडमा नृत्यागंनाको रुपमा परिचित गरायो । भारतीय सिने उद्योगमा सिनेमा भन्दा गित धेरै चर्चित बनेको यो पहिलो पटक थियो । दीक्षितका धेरैजसो चर्चित नृत्यको कोरियोग्राफी सरोज खानले गरेकी छिन् । विद्यालय र कलेजमा कत्थक नृत्य गर्ने दीक्षित आफूलाई खानले नै बलिउड शैलिको नृत्यागंना बनाएको बताउँछिन् ।

डा. श्रीराम नेनेसँगको विवाहपछि बलिउडबाट टाढीएकी दीक्षितको अझै पनि बलिउड सिनेमामा माग हुन्छ । मुस्कान र नृत्य सहितको उनको अभिनयकोे क्रेजमा अझै पनि रत्तिभर कमि आएको छैन् । आफ्नो सिने करियरको गोल्डेन समय पार गरे लगत्तै विवाह बन्धनमा बाँधिएकी दीक्षित पारिवारिक जीवनमा यसरी व्यस्त भईन की उनले आफुले लामो यात्रा तय गरेको बलिउड नै भुलिन् ।

आफ्नो परिवार र नातेदारलाई बलिउडको रंगिन दुनियबाट टाढा राखेर आदर्श गृहस्थी जीवनमा समाहित हुन सक्ने दीक्षितको खुबिले नै उनलाई बलिउडको अपरिमित उचाईमा रहिरहन मद्धत गर्यो ।

गृहस्थी जीवनबाट उनी फेरी एकपटक बलिउडमा करियरको दोस्रो इनिगं खेल्न उत्रिएकी छिन् । सन् २०१४ मा उनका ‘गुलाब ग्यागं’ र ‘डेढ इश्किया’ सिनेमा सार्वजनिक भएका थिए ।

चर्चित कोरियोग्राफर टेरन्स लुईसले एउटा रियालीटी शो मा बताए अनुसार देवदास पछि दीक्षित लुईसँग एरोबिक्सको अभ्यास गर्थिन । एरोबिक्स सिकाउन गएका लुईसलाई दीक्षित आफै चिया पकाएर सर्भ गर्ने गर्थिन् । आखिर दीक्षित किन आफै चिया पकाउँथिन त ? भनेर प्रश्न गर्दा उनको जवाफ दिक्षितको जवाफ थियोे ‘लुईस बिहान सबेरै आउँथे, उनलाई चिया पिलाउनको लागि म दिनभरी कडा परिश्रम गर्ने कामदारको निन्द्रा बिथोल्न चाहान्न ।’ चिया पकाउनु सामान्य कुरा हो । तर, कुन कारणले चिया पकाईन्छ त्यो महत्वपूर्ण कुरा हो । यस्तै यस्तै किस्सा र कारणले दीक्षित बलिउड सिने नगरीकी अन्तिम हिरोईन हुने जो बहुसंख्यक मध्यमवर्गिय भारतीय परिवरको आदर्श हुन् ।

धेरैजसो भारतीय दीक्षितलाई मधुबालासँग तुलना गर्ने गर्छन् । मधुबाला पछि दीक्षित मात्रै त्यस्तो आदर्श नायीका हुन् जसको मुस्कानमा पुरा भारत मग्न हुन्छ । माधुरी आफ्नो चिर परिचित मुस्कानका साथ यही बर्ष देखि ठूलो पर्दाको सिनेमा देखा पर्ने छिन् । पर्दामा उनको मुस्कान हेरिरहेका दर्शकलाई लाग्छ ‘अरे यो त मेरै लागी हो ।’ मैले पनि यस्तै ठानेर दिक्षितलाई हुदयमा कब्जा गर्न आमन्त्रीत गरेको थिए की ?
सत्याग्रह, फिल्मीबिट, अमरउजालाका साथै अन्य विभिन्न भारतीय अनलाईन सञ्चारमाध्यमबाट तयार पारिएको ।