ओलीको दाबी: २०८४ को चुनावमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन

राजनीति

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको चुनावमा एमालेले बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

एमाले विधान महाधिवेशनको शुक्रबार उद्घाटन समारोहमा बोल्दै ओलीले भने, “०८४ सालमा हामीले एकल बहुमत ल्याउनुपर्छ। यदि पार्टी र जनवर्गीय कमिटीका सदस्य तथा कार्यकर्ता सक्रियतापूर्वक जनताको बीच पुगे भने बहुमत ल्याउन कसैले रोक्न सक्दैन।”

उनले आगामी चुनावमा धाँधली हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। ओलीले भने, “हामी सरकारमा छौं, तर आउँदो निर्वाचनमा कसैले धाँधली गर्न पाउने छैन। निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेछ।”