एजेन्सी – साउदी अरब र इराकका तेल कम्पनीहरूले भारतीय कम्पनी नायरा इनर्जीलाई कच्चा तेल आपूर्ति पूर्ण रूपमा रोकिदिएका छन्।
साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोले नायरालाई तेल बेच्ने काम बन्द गरेको छ भने इराकको सोमो अयलले समेत आपूर्ति बन्द गरेको छ।
सामान्यतया नायरा इनर्जीले प्रत्येक महिना करिब २० लाख ब्यारेल इराकी र १० लाख ब्यारेल साउदी कच्चा तेल पाउने गरेको थियो। तर, यस अगस्ट महिनामा दुबै कम्पनीबाट एकैपटक कुनै पनि शिपमेन्ट प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।