सेयर बजार पसिुचकमा ९.१६ अंककोे सुधार

बजार

काठमाडौँ । सेयर बजार पसिुचकमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ अंकमा पुगेको हो ।

नेप्से परिसुचकमा सुधार आएपनि कारोबार रकममा भने गिरावट आएको छ । सोमबार ६७ हजार ९५९ पटकको कारोबारमा १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयरहरु ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँमा कारोबार भएका छन ।

आइतबार नेप्से २७.१४ अंकले घटेर २७६१.२२ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार व्यापार समूह ५३.३८ अंकले बढेको बजारमा निर्जीवन बीमा समूह ४७.४५ अंकले बढेको छ । जीवन बीमा समूह ४२.६६, उत्पादन तथा प्रशोधन समूह ३७.७५, जलविद्युत समूह ३४.७७ अंकले बढ्दा अन्य समूह १५.४३ अंकले घटेको छ ।

युनियन हाइड्रोपावरको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ । उपर स्यानर्जी हाइड्रोपावरको सेयर मूल्य ५.९४, उपर लोहोरे खाला हाइड्रोपावरको सेयर मूल्य ५.४३, दार्दी खोला जलविद्युत आयोजनाको सेयर मूल्य ४.७८ प्रतिशतले र लिबर्टी इनर्जीको सेयर मूल्य ४.५४ प्रतिशतले बढेको छ ।

यता, सम्पदा लघुवित्तको सेयर मूल्य ४.८१ प्रतिशतले घटेको छ । समता घरेलु लघुवित्तको सेयर मूल्य ३.५३, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ३.३६, लक्ष्मी भ्यालु फण्डको इकाई मूल्य ३.०२ प्रतिशतले र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रथ स्केमको इकाई मूल्य २.९३ प्रतिशतले घटेको छ ।

नेपाल रिइन्स्योरेन्स २१ करोड ७५ लाख २८ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा लिबर्टी इनर्जी ६ लाख २७ हजार १३८ इकाईको कारोबार सहित शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा २ हजार ५१८ पटकको कारोबार सहित ट्रेड टावर अग्रस्थानमा रहेको छ ।

सोमबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब २६ अर्ब २६ करोड १४ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । आइतबार कूल बजार पूँजीकरण ४६ खर्ब १० अर्ब ९४ करोड ९४ लाख रुपैयाँ कामय भएको थियो ।