पशुपति पौडेल नारायणी डेभलपमेन्ट बैंकको सीईओमा नियुक्त

बैंक/वित्त

काठमाडौं । पशुपति पौडेल नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पौडेललाई बैंकको सीईओमा नियुक्त गरेको छ ।

बैंकका अनुसार पौडेलेले आइतबारदेखि नै सीईओकाे कार्यभार सम्हालेका छन् ।

यसअघि बैंकका सीईओ रहेका विष्णु रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका थिए ।