नाफा घट्यो, EPS दबाबमा: Standard Chartered Bank Financial Alert

बैंक/वित्त

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा करिब २४ करोड रुपैयाँ कम नाफा भएपछि बैंकको प्रतिसेयर आम्दानी (EPS) ३४.७३ रुपैयाँबाट घटेर ३०.१७ रुपैयाँमा आएको छ। नाफा घट्दा शेयरधनी र लगानीकर्ताको नजर EPS र लाभांश क्षमतामा केन्द्रित भएको छ।

बैंकले असार मसान्तसम्म निक्षेप परिचालन १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ र कर्जा प्रवाह ७२ अर्ब ७१ करोड रुपैयाँ गरेको छ। खुद ब्याज आम्दानी ४ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ र फी तथा कमिसन आम्दानी १ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ कायम छ। यसैगरी, ३३ करोड ६२ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक भएको छ।

निष्क्रिय कर्जा (NPL) १.४७ प्रतिशतमा घटेको छ। बेसरेट ६.६ प्रतिशतबाट ४.९९ प्रतिशत र ब्याजदर स्प्रेड ४ प्रतिशतबाट ३.५३ प्रतिशतमा आएको छ।

प्राथमिक पुँजी अनुपात १५.८ प्रतिशतमा सुधार भएको छ। नेटवर्थ प्रतिसेयर २१७ रुपैयाँ र P/E अनुपात २१.८ रहेको छ।

चुक्ता पुँजी १० अर्ब ४ करोड २४ लाखको आधारमा लाभांश क्षमता १९.८५ प्रतिशत देखिएको छ, जुन अघिल्लो वर्ष २६.११ प्रतिशत थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैंक २०८१/८२

  • खुद नाफा: ३ अर्ब २ करोड ९३ लाख (अघिल्लो वर्ष भन्दा २४ करोड कम)

  • EPS: ३४.७३ → ३०.१७ रुपैयाँ

  • निक्षेप परिचालन: १ खर्ब २५ अर्ब ३४ करोड

  • कर्जा प्रवाह: ७२ अर्ब ७१ करोड

  • खुद ब्याज आम्दानी: ४ अर्ब ४८ करोड ८४ लाख

  • फी/कमिसन आम्दानी: १ अर्ब ३६ करोड ४४ लाख

  • प्रोभिजन राइट ब्याक: ३३ करोड ६२ लाख

  • निष्क्रिय कर्जा: १.४७%

  • बेसरेट: ४.९९% | ब्याजदर स्प्रेड: ३.५३%

  • प्राथमिक पुँजी अनुपात: १५.८% | नेटवर्थ प्रति शेयर: २१७ | P/E: २१.८

  • लाभांश क्षमता: १९.८५% (अघिल्लो वर्ष २६.११%)