सिटिजन्स बैंकको “Madhesh Leadership : Driving Performance & Achieving Goals”: प्रदर्शन प्रवर्द्धन र लक्ष्य प्राप्तिमा केन्द्रित

बैंक/वित्त

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना ब्रान्च मेनेजर लगायत सहकर्मी माझ “Madhesh Leadership : Driving Performance & Achieving Goals” गोष्ठी आयोजना गरेको छ |

गोष्ठीमा चालू आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्दृष्टि आदान–प्रदान भएको बैंकले जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, ब्याज आम्दानी र नाफा सबै सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ।

अवधिभरमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो। निक्षेप संकलन पनि ११.६९ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ, जुन गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो।

खुद ब्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९० प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ। यस अवधिमा सम्पत्ति प्रतिफल दर (ROA) ०.५९ प्रतिशत र पुँजी प्रतिफल दर (ROE) ५.८१ प्रतिशत कायम भएको छ।

बैंकको देस भर २०० शाखा रहेका छन छन बाट करिव १९ लाख ५० हजार ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।