Himalayan Bank’s Fightback to Regain Its Past Glory: खुद नाफा र EPS मा सुधार, तर खराब कर्जाले दियो चुनौती

बैंक/वित्त

काठमाडौं, हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले आफ्नो खुद नाफामा २२.१५ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ५१ करोड रुपैयाँ कमाउन सफल भएको छ। यसबीच बैंकको कुल सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। तर, बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ जसले वित्तीय प्रदर्शनमा मिश्रित संकेत देखाएको छ।

यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँको आम्दानी रहेकोमा गत वर्ष १० प्रतिशत घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कुल सञ्चालन आम्दानी पनि ४.७२ प्रतिशतले घट्दै १३ अर्ब १४ करोड रुपैयाँबाट १२ अर्ब ५२ करोड रुपैयाँमा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) ५.७२ रुपैयाँबाट बढेर ६.९८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात (NPL) ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ।

चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ २३ अर्ब ३७ करोड रुपैयाँमा छ भने जगेडा कोष ५ अर्ब १० करोड रुपैयाँ ऋणात्मक अवस्थामा छ। बैंकले २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

वितरणयोग्य नाफा अघिल्लो वर्ष ७ अर्ब ४४ करोड रुपैयाँ ऋणात्मक रहेकोमा, गत वर्ष यो घटेर ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मकमा झरेको छ। तर, सञ्चालन नाफा भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको २ अर्ब ८८ करोड रुपैयाँबाट ८८.४१ प्रतिशत वृद्धि भई गत वर्ष ५ अर्ब ४३ करोड रुपैयाँमा पुगेको छ।

  • खुद नाफा २२.१५% वृद्धि भई १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ (अघिल्लो वर्ष १ अर्ब २३ करोड)

  • खुद ब्याज आम्दानी १०% घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित

  • कुल सञ्चालन आम्दानी ४.७२% ले घटेर १२ अर्ब ५२ करोड रुपैयाँ

  • सञ्चालन नाफा ८८.४१% वृद्धि भएर ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ

  • प्रतिशेयर आम्दानी (EPS) ५.७२ रुपैयाँबाट बढेर ६.९८ रुपैयाँ

  • प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम

  • खराब कर्जा अनुपात (NPL) ४.९८% बाट बढेर ७.२८%

  • चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ

  • रिजर्भ २३ अर्ब ३७ करोड रुपैयाँ

  • जगेडा कोष ५ अर्ब १० करोड रुपैयाँ ऋणात्मक

  • कर्जा लगानी २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ

  • निक्षेप संकलन ३ खर्ब ८ अर्ब ८५ करोड रुपैयाँ

  • वितरणयोग्य नाफा ऋणात्मक भएपनि सुधार हुँदै; घटेर ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक