रवि लामिछानेलाई रिहा गर्न जिल्ला अदालत रुपन्देहीद्वारा अस्विकार

राजनीति

काठमाडौं, २६ साउन । रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न अस्विकार गरेको छ ।

लामिछानेले आफूलाई बैंक जमानतमा छाड्न भन्दै निवेदन दिएका थिए ।

सो निवेदनउपर आज भएको न्यायाधीश नारायण सापकोटाको इजलासले थुनामुक्त गर्न अस्विकार गरेको हो ।

लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए। सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन्। File Photo